मंसिर ८
चितवन । चर्चित गायिका ज्योति मगरमाथि चितवनमा दुव्र्यवहार भएको खबर सार्वजनिक भएको छ ।
चितवनमा मंगलबार सम्पन्न एक सांस्कृतिक कार्यक्रमपछि आयोजकले खाना खाने बहानामा होटलमा लगेर दुव्र्यवहार गरेको ज्योति मगरले आरोप लगाएकी छिन् । उनले मध्यराति टेलिफोनमार्फत् आफूलाई जानकारी गराएको पत्रकार रामजी ज्ञवालीले बताएका छन् । आफूलाई आयोजकमध्यका एक सदस्यले सेलिब्रिटी जस्तो मान्छे खुला ठाउँमा खाना खान हुन्न, सेक्रेट ठाउँमा खानुस् कोठाको व्यवस्था छ भनी ज्योतिलाई भनेका थिए । तर, उनले आफू बसेको कोठामै खाना आउँछ भन्दा जान मानिन् । ती व्यक्तिले ज्योति बसेकै कोठामा रक्सी मगाएर एकैछिन गफ गर्छु अनि निस्कन्छु भन्दै ११ बजेसम्म पनि निस्कन नमानेपछि ज्योतिले असुरक्षित महसुस गर्दै होटलका स्टाफसँग सहयोग मागेकी थिइन् त्यसपछि ज्योतिले खुसुक्क प्रहरी बोलाएर ती व्यक्तिलाई जिम्मामा लगाएकी थिइन् । अहिले प्रहरीले ती व्यक्तिमाथि अनुसन्धान सुरु गरेको बताइएको छ । प्रहरीले ती व्यक्तिलाई माफी माग्न लगाएर घटना थामथुम गर्ने प्रयास गरिरहेको बुझिएको छ ।