सरसफाई कर्मचारीलाई पोशाक - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

सरसफाई कर्मचारीलाई पोशाक

साइनो समचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा कार्यरत सरसफाई कर्मचारीहरुका लागि पोशाक सहितका सरसफाईमा आवश्यक केही सामग्री वितरण गरिएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम सहितले ९ जना सरसफाई कर्मचारीलाई पोशाक सहितका सामग्री वितरण गर्नुभएको हो । कर्मचारीहरुको कामको सहजता बढाउँदै प्रोत्साहित गर्न नगरपालिकाले पोशाक सहितका सामग्री प्रदान गरेको उपप्रमुख वास्तोलाले जनाइन् ।

सम्बन्धित खवर