सुरक्षालाई व्यवथित गर्न समिति - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

सुरक्षालाई व्यवथित गर्न समिति

मंसिर ५
साइनो समचारदाता
पथरी । समुदायको सहयोगमा सुरक्षा अवस्थालाई व्यवस्थित गर्न पथरीशनिश्चरे नगरपालिकामा ‘समुदाय–प्रहरी पालिका समिति’ गठन भएको छ ।
जिल्ला प्रहरी कार्यालयले १७ वटा स्थानीय निकायमा समुदाय–प्रहरी साझेदारीपत्रमा हस्ताक्षर कार्यक्रम गरिसकेपछि स्थानीस्तरको समिति निर्माणको काम अघि बढेको हो । जस अन्तर्गत पथरी शनिश्चरेमा नगर प्रमुख दिलिपकुमार राई संयोजक, उपप्रमुख यमुना विष्ट वास्तोला सहसंयोजक, इलाका प्रहरी कार्यालय पथरी प्रमुख कमल बजगाईं सहसंयोजक, प्रहरी इकाई प्रमुख तोर्णबहादुर वस्नेत सदस्य सचिव रहनेगरी २१ सदस्यीय समिति गठन भएको छ । जसको सदस्यहरुमा, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत तथा अन्य संघसंस्था, महिला समुदाय तथा नागरिक समाजका अगुवाहरु रहेका छन् । वीरवहादुर वस्नेत, नराहाङ राई, गीता कट्टेल, धनमाया गुरुङ, सरस्वती चौधरी, आइतकुमारी तुम्वापो, जयबहादुर राई, कृष्णबहादुर कार्की, भूपेन्द्र तिम्सिना, मोहन तुम्वापो, टंक भण्डारी, टेकबहादुर थापा, बौद्धबहादुर कार्की सदस्यका रुपमा चयन भएकमा छन् । कानेपोखरीमा पनि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले संयोजक, उपाध्यक्ष राजमति इङ्नाम सहसंयोजक सहितको समिति गठन भएको इलाका प्रहरी प्रमुख कमल बजगाईंले बताएका छन् । प्रहरीलाई सहयोग हुने हिसावले समुदायले सुरक्षाको अपनत्व प्रदान गर्ने साझेदारीका योजना एवम् कार्यक्रमहरु तय गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न यसखाले समिति निर्माण भएको बजगाईंले उल्लेख गरेका छन् । यसखाले समिति वडा र टोल तहसम्म गठन गरिने योजना रहेको छ ।

सम्बन्धित खवर