मिस मंगोल प्रतियोगीदेखि डलको होलसेल व्यवसायी दीपा लक्सम - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

मिस मंगोल प्रतियोगीदेखि डलको होलसेल व्यवसायी दीपा लक्सम

संघर्षले जिउन मात्र सिकाउदैन, जीवन र जगत्को समेत ज्ञान दिन्छ । जसले जीवनलाई जिवन्त वनाउछ । चाहे त्यो समाज सेवा वा व्यवसाय नै होस् । यसका एक साक्षी हुन् दीपा लक्सम । अनेकौ हण्डर ठक्करहरु उनका लागि आफूसंगै हिड्ने छाँया बनेर आए । पान्थरको विकट गाँउ हालको याङ्वरक गाउँपालिका (साविक नागी) देखि काठमाडौं छिरेपछि कलेजमा शुल्क तिर्ने पैसा नभएपछि दिउसो पढ्न जाने राती डल बनाएर पसल पसल पुर्याउथे । उनले डल बनाउन आफूसंंग भएको ४ हजारबाट व्यवसाय सुरु गरेकी थिइन् । हाल आएर करडौंको केटाकेटीले खेलाउने डलको होलसेल व्यापारी बनेकी छिन् । काठमाडौंको महाबौद्धमा २०६४ सालदेखि होलसेल व्यापार गर्दै गरेकी दीपाले नेपालको मुख्य शहरहरुमा सामान विक्री गर्दै आएकी छन । चिनबाट सामान आयात गर्ने, मिलाउने विक्री वितरण गर्न १२ जनालाई रोजगारी पनि दिएकी छिन ।
सन् २००९ मा मिस मंगोलको प्रतियोगी दीपाले सौन्दर्यको दुनियालाई पनि नजिकबाट नियाल्ने अवसर प्राप्त गरिन् । त्यसैको उत्प्रेरणाले लिम्वु भाषा, भेषभुषा, परम्परा र संस्कृतिलाई युवा पुस्तामा पुस्तान्तरण गर्न मिस लिम्बु आयोजना गर्नुपर्ने कुराले कुत्कुत्यायो । केही उत्साही युवापुस्तामा छलफल भएपश्चात् खोलियो लिम्वु युथ एसोसिएसन । उनी बनिन सो संस्थाको सदस्य । हाल उक्त संस्थाले मिस लिम्वुको आयोजना गर्दै आइरहेको छ ।
सानो छँदा नर्सिङ सेवामा जाने अगाध इच्छा भएको तर अचानक उनी व्यवसायी र समाजसेवी भएको बताउँछिन । स्नातक तहसम्मको अध्ययन पूरा गरेपछि घर व्यवहारका कारण व्यवसाय बने पनि उनको रुचि भने राजनीति र समाज सेवा गर्ने रहेको छ । –बगौचा डटकम

सम्बन्धित खवर