देउसी खेलेको रकम क्यान्सर पीडितलाई - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

देउसी खेलेको रकम क्यान्सर पीडितलाई

मंसिर ५ गते
साइनो समचारदाता
पथरी । मोरङ पथरी शनिश्चरे ७ का १६ बर्षिय ब्लड क्यान्सर पीडित घड्कन राईलाई सगर बाल क्लबले सहयोग गरेको छ ।


दीपावलीको अवसरमा आयोजित देउसीभैलो कार्यक्रमबाट संकलित १ लाख १० हजार रुपैया सहयोग गरेको क्लबका अभिभावक छत्र लिम्बुले जनाएका छन् । हाल पथरीशनिश्चरे ७ मा बसोबास गरिरहेका घड्कन राईको काठमाडौंमा उपचार भइरहेको छ । उपचारको क्रममा ३३ लाख खर्च भइसकेको र अझै २० लाख रकम आवश्यक परेकोले सहयोग गर्न घड्कनकी आमा पञ्चमायाले अनुरोध गरिन् । धड्कनलाई बचाउन समुदायले तिहारमा देउशी भैलोको आयोजना गरि रकम संकलन कार्य समेत भैरहेको छ । स्वदेश र विदेशमा रहेका व्यक्ति तथा समूहगतरुपमा पीडित घड्कनको उपचारमा २० लाख सहयोग जुटिसकेको छ । सहयोग संकलन कार्यक्रम पनि जारी छ । एस ई ई दिएर पढ्न काठमाडौ गएका उनी ७ महिना अघि देखि उपचारत छन् ।

सम्बन्धित खवर