सृजना चौतारी कार्यक्रम - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

सृजना चौतारी कार्यक्रम

मंसिर २
साइनो समचारदाता
पथरी । ‘सृजना चौतारी’ कार्यक्रमको महिनाको पहिलो शनिवारको श्रृंखला सम्पन्न भएको छ ।
तमु बौद्ध गुम्वाको समेत सहकार्य रहेको कार्यक्रममा नगरका सर्जकहरुबाट समसामयिक कविता, गजल, मुक्तक र गीत प्रस्तुत भएका छन् ।
भूपेन्द्र तिम्सिना, रोहित पराई, कृष्णप्रसाद अधिकारी, भवानीप्रसाद दुलाल, इन्दिरा नेपाल, विष्णुमाया पौडेल, राजेन्द्र बिवश, निर्मला विश्वकर्मा, सीता राई, रविन भट्टराई, निश्चल सुवेदी, मनकुमार लिम्बू, ओमप्रकाश शर्मा, धनकुमार मगर सहितले रचना प्रस्तुत गरेका थिए । ‘सृजना चौतारी’ कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेस्रो शनिवार तमु बौद्ध गुम्वा पथरीमा एभरेष्ट आर्ट फुजुजनको आयोजना हुदै आएको छ । मोरङको पथरीशनिश्चरेलाई सृजनशील नगर बनाउने अभियान अन्तरगत कार्यक्रम हुदै आएको छ ।

सम्बन्धित खवर