कविताः मित्रको विदाई - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

कविताः मित्रको विदाई

दिवाकर रिजाल

न त यो सायरी
न त यो कविता
न यो ठट्यौली
पक्का छ यथार्थता

बाच्ने इच्छा जति सुकै भए पनि
व्यथित जीवन छोटो लाग्छ
जतिसुकै ठूला महलामा
यो शरिर हुर्काएपनि
एक दिन चितामा बस्न बाध्य छ

त्यसैले त म भन्छु मित्र
तिमीसँग राम्रो खेल
खेल्न नपाउँदै
सम्झनाको लागि
कृति राख्न नपाउँदै
विदा हुन्छन् कयौं
मित्रहरु आँशु खसाउँदै

चिनो दिएर जाउ मित्र
हात हल्लाई खुशी हुँदै

पथरीशनिश्चरे–९, पुलचोक मोरङ

सम्बन्धित खवर