५ वटा खेल प्रतियोगिता हुने - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

५ वटा खेल प्रतियोगिता हुने

मंसिर १
साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा ५ वटा खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ ।


नगरपालिका मातहत रहेको समितिले आगामी मंसिर १४ गते वडा नम्वर ७ मा नगर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताबाट कार्यक्रमको सुरुवात गर्ने भएको हो । पुसमा वडा नम्वर २ मा पुरुष भलिबल, पुसमा वडा नम्वर ४ मा तेक्वान्दो, माघमा वडा नम्वर ६ मा म्याराथन र ८ नम्वरमा फागुनमा महिला भलिवल प्रतियोगिता गरिने निर्णय भएको छ । बाँकी रहेका १, ३, ५, ९ र १० नम्वर वडाका लागि अर्काे बैठकले खेलकुद प्रतियोगिताहरुको निर्णय गर्ने सचिव साम्पाङले उल्लेख गरेका छन । नगरपालिकाले खेलकुद विकासको लागि चालु आर्थिक वर्षमा ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सम्बन्धित खवर