मदन भण्डारी मार्गको विषयमा विवाद, स्थानीयहरुले गरे नगर सभा अबरुद्ध - Sainokhabar
  • सोमबार, साउन ११, २०७८

मदन भण्डारी मार्गको विषयमा विवाद, स्थानीयहरुले गरे नगर सभा अबरुद्ध

गोपाल काफ्ले
लेटाङ (मोरङ) । सरकारको राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधिन १२ सय किलोमिटर लामो मदन भण्डारी राजमार्गको विषयमा बिबाद भएको छ ।
लेटाङ नगरपालिकाकी उपप्रमखु कृष्णकुमारी निरौलाले कार्तिक २८ गते पत्रकार सम्मेलन गरि जनतामा झुटो नक्साको प्रचार गर्दै भ्रम पदा गरेको भन्दै स्थानीय चिडिएका थिए । उपप्रमुखसहित वडा नं. २, ५ र ९ का वडा अध्यक्षहरु पनि पत्रकार सम्मेलनमा उपस्थित थिए । उपप्रमुख कृष्ण कुमारी निरौलाको संयोजकमा नगर सभा हुने सुइको पाएपछि रुष्ट स्थानीयहरु भेला भइ कार्तिक ३० गते हुने भनिएको नगर सभा अबरुद्ध गर्दै स्पस्टीकरण मागेका थिए । स्थानीयहरुको भिडले आधा घण्टा नगर सभा अवरुद्ध समेत गरेका थिए । नगर सभा सकिए पछि स्थानीयसंग बसेको कार्यपालिकाको छलफलमा पत्रकारले सोधेको तर जे मिडियामा आयो त्यस्तो आफूहरुले नबोलेको भन्र्दै उपप्रमुख, वडा नं. २, ५ र ९ का वडा अध्यक्ष पन्छिएका थिए ।


मदन भण्डारी मार्ग लेटाङ नगरपालिकाको मूख्य बजार एरिया बाटो बनाउनाले ठूलो धनजनको क्षति हुने भएकाले अघिल्लो नगर सभाले बजारलाई जोगाएर महेन्द्र राजमार्गबाट १० कि.मि. उत्तरबाट लाने निर्णय गरेको थियो । कम क्षतिमा लेटाङको बिकास हुने गरि नगर सभाले सो निर्णय गरेको नगर प्रमुख शंकर राईले बताए । राईले स्थानीयहरुलाई भने, ‘जनताको हित भन्दा बिपरित रहेर आफू कुनै पनि कार्य नगर्ने र बाटो नगर सभाले गरेको निर्णय अनुसारै बाटो बन्नेछ ।’ राष्ट्रिय आयोजनामा बनेको बाटो, नक्सामा भएको बाटो क्षती नहुने गरी नगरको बजेटबाट जोडाएर बन्ने प्रमुख राईले बताएका छन् । नगरबासीलाई सुकुम्बासी बनाएर सडक बनाउनुको कुनै अर्थ नरहने बताउँदै उनले सडक कति लेनको बन्ने स्पष्ट सूचना नआएकाले समस्या उत्पन्न भएको बताए । लोकमार्गको झण्डै २० किलोमिटर सडक उत्तरी मोरङको लेटाङ नगरपालिका भित्र पर्ने प्रारम्भिक सर्भेले देखाएको छ ।
२०५५ सालअघि धरान–केराबारी–दमकसम्मको वैकल्पिक राजमार्ग बनाउन पहल गरेको नेपाल सरकारले यो मार्गलाई राष्ट्रिय गौरवको आयोजनामा पारेपछि गत साउनमा बाटोको सर्वे भएको थियो ।
२ नम्बरका वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाले राजमार्ग वास्तविक रुपमा २५ मिटरको चौडा र ७ मिटरको पिचको योजना रहेको भएता पनि केहि माफियाहरुले व्यक्तिगत स्वार्थका लागि प्रदेश सरकारका संसादहरुको मिलेमतोमा साविकको नक्सा नै परिवर्तन गराएको भन्ने झुटो अभिब्याक्ती दिएका थिए ।
पुरानो सर्वेको नक्सा लेटाङ नगरपालिका–२, तुर्केबाट राई गाउँ हुँदै चिसाङ खोलामा पुल, बीपी चोक, बुढौली चोक, मदन चोक, बाहकोटे चोक, लालबस्ती, ढाँडे हुँदै बक्रा खोलाको पुल हुर्दै सिधा झापा निस्कन्छ । लेटाङ–२, तुर्केबाट बक्राखोला पुलसम्म पहिलेको नक्साको राजमार्गको लम्बाइ १५ दशमलव ६ किमि रहेको छ । तर पत्रकार सम्मेलनमा नयाँ नक्सामा २४ दशमलव ३ किलोमिटरको घुमाउरो बनाएको भन्ने झुटो भ्रम जनतामा फैलाएर द्धन्द्ध निम्त्याउन खोजेको स्थानीयहरुको भनाइ छ ।
राजमार्ग प्रदेश १ को झापा जिल्लाबाट सुरू भै प्रदेश ७ सम्म पुग्ने छ । यो राजमार्ग २०७५ जेठ ६ गते नेपाल सरकारले स्वीकृत गरेको थियो । जस अनुसार आ.ब. २०७५÷७६ को बजेटमा ४ अर्ब ५० करोड रूपैयाँ रकम विनियोजन गरिएको छ । अहिले धरान चतरा देखि हेटौडा सम्मको ३ सय किलोमिटर काम अघि बढिसकेको छ । जसका लागि सरकारले चालु आर्थिक वर्षमा ३ अर्ब १५ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।

सम्बन्धित खवर