किशोरीको सामुहिक बलात्कार पछि हत्या गर्ने दुई पक्राउ - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

किशोरीको सामुहिक बलात्कार पछि हत्या गर्ने दुई पक्राउ

कार्तिक २८
साइनो समचारदाता
उदयपुर । रौतामाई गाउँपालिका–३ लाफागाउँ अमला भञ्याङ्ग उदयपुरकी एल्जिना खड्काको बलत्कार पछि हत्या भएको खुलेको छ । १३ वर्षीया खड्काको सामुहिक बलत्कार पछि जनता माध्यामिक बिद्यालय रसुवा लाफागाउँको कक्षा ९ मा अध्ययनरत १५ वर्षिय किशोर दिपे भन्ने दिपेन्द्र राई र १७ वर्षिय रुजन भन्ने पदमवीर राईले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जनाएको छ । राईले भने ‘उनीहरुको बयानका आधारमा अर्का १५ वर्षिय किशोर मंगलबार बिहान नियन्त्रणमा लियौं, सोधपुछको क्रममा उनीसहित २ किशोरले अपराध स्वीकार गरेका छन् । प्रहरीले दोषी निश्चित भइसके पनि पोष्टमार्टम रिपोर्ट शब परिक्षण प्रतिवेदन आउन बाँकी रहेकाले अपराधीलाई अहिले नै सार्वजनिक गरेको छैन ।’
उनी जनता माध्यामिक बिद्यालयकी कक्षा ९ अध्ययनरत छात्रा उनको शव अर्धनग्न अवस्थामा खरबारीमा भोलिपल्ट आइतबार फेला परेको थियो । बाख्रा चराउन गोठालो गएको बेला नफर्केपछि उनको खोजी गर्ने क्रममा लाफागाउँको अमला भञ्याङको जंगलमा शब भेटिएको थियो । बलात्कारपछि हत्या भएको आफन्तको दाबी अनुसार घट्नामा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरीले ६ किशोरलाई पक्राउ गरेका मध्ये २ जनाले आरोप स्वीकारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । संलग्नताको आशंकामा सोमबार पक्राउ परेका छिमेकी ५ किशोरको बयान अनुसार मंगलबार बिहान थप १ किशोर पक्राउ परेका थिए ।
बालिकाको शव बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरि ल्याएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाट र उदयपुर अस्पतालका मेडिकल अधिकृत विजय मेहता सहितको अनुसन्धान टोलीसहित पोष्र्टमार्टमका लागि सोमबार साँझ धरान पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा अनुसन्धानका लागि ल्याईएका ६ जना मध्ये ४ जनालाई सोधपुछ पछि छाडिएको छ भने २ जना बिरुद्ध बालिकाका आफन्तले किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी दर्तापछि उनका आफन्तले शब बुझि बुधबार दाहसंस्कार गरेको बालिकाका ठुलो बुवा मानबहादुर खड्काले बताए ।

सम्बन्धित खवर