मेयरले खोसे वडा सचिवहरुको चाबी - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

मेयरले खोसे वडा सचिवहरुको चाबी

कार्तिक २७
साइनो समचारदाता
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख÷मेयर द्वारिकलाल चौधरी ले वडा सचिवहरूले चाबी खोसेका छन् । उनीहरुले प्रयोग गरिरहेको मोटर साइकलको चाबी खोसेका हन् । केहीलाई मात्र मोटरसाईकल सुविधा दिइएको भन्दै विवाद भइरहेका बेला मेयर चौधरीले सुविधाको सवारी चलाइरहेका वडा सचिवहरूको बाइकको चाबी खोस्न नगर प्रशासनलाई यसअघि नै अह्राएका थिए । तर, कुनै पनि कर्मचारीले वडा सचिवको चाबी खोस्न नसकेपछि सोमबार चौधरी आफैँ कस्सिएर चाबी खोसेका हुन ।
मेयर चौधरीले आफू कसैलाई काखा र कसैलाई पाखा बनाउने सोचमा नभएको र निकै दिन अघिदेखि सचिवहरूलाई चाबी बुझाउन आग्रह गरे पनि नसुनेजस्तो गरेपछि आफैँ जुट्नुपरेको प्रतिक्रिया दिएका छन । उनले आफूले वडा १३ का सचिव बालकुमार पोख्रेल र वडा १९ का सचिव सञ्जीव खड्काको बाइकको चाबी खोसेको समेत बताएका छन ।

सम्बन्धित खवर