गेदुनको पथरीमा शान्ति पदयात्रा - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

गेदुनको पथरीमा शान्ति पदयात्रा

कार्तिक २५
साइनो समचारदाता
पथरी । नेपाल तामाङ लामा गेदुन संघीय सचिबालय काठमाडौंले मोरङको पथरीमा शान्ति पदयात्रासहित नगरपरिक्रमा गरेको छ ।
आइतबार बुद्धको रथ, बुम छयोई, बुद्ध झण्डा, ब्यानरसहित लामा गुरुहरु र भक्तजनहरुले नगर परिक्रमा गरेको हो । ३० दिने जब, ध्यान, साधाना तथा अभ्यास र विश्व शान्ति पूजा, प्रज्ञा पारमित पाठ(बूम) बाचन कार्यक्रमको अवसरमा आज नगर परिक्रमा गरेको हो । भोलि ल्हासाङ तथा बूम पाठ बाचन कार्यक्रम हुदैछ । प्राणी जगतको रक्षा, उद्दार तथा उपायको निमित्त र विश्व शान्तिको कामना सहित ऊ सियार जम्भुलिङ बज्र गुम्बा, पथरी शनिश्चरे १० को व्यवस्थापनमा र नेपाल तामाङ लामा गेदुन प्रदेश नम्बर १काये संयोजकत्वमा कार्यक्रम भएको व्यबस्थापक बज्र गुम्बाका चन्द्र तामाङले बताएका छन् । गत असोज २९ गते सोमबार औपचारिक उद्घाटन गरिएको कार्यक्रम मंसिर १ गते अभिशेक (छेवाङ) कार्यक्रम सहित समापन हुदैछ ।

सम्बन्धित खवर