जावेल पार्कमा बलिहाङ तङ्नाम - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

जावेल पार्कमा बलिहाङ तङ्नाम

२५ कार्तिक
साइनो समचारदाता


दुबई । रोजगारको सिलसिलामा यूएईमा पुगेका नेपालीहरुले आफ्नो मौलिक पर्व बलिहाङ तङनाम ३७९७ धुमधामको साथ मनाएको छ ।

नोभेम्बर ९ तारिक शुक्रबार जावेल पार्क, दुवईमा सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको आयोजनामा मनाएको हो । वलिहाङ तङनाम कार्यक्रममा पक्लुःङ(छेलो हान्ने), हाडी फोर्ने, भाले जुधाई तथा लिम्बू समुदायमा आधारित हाजिरी जवाफ प्रतियोगिता भएको थियो । कार्यक्रममा लालिङ्गेक÷नाम्लिङ्गेक, केःलाङ(च्याब्रुङ नाच)लगायत सांँस्कृतिक कार्यक्रमसहित सस्कृतिमा आधारित परिकारहरुको साथमा शुभकामना आदानप्रदान गरी मनाएको चुम्लुङ शाखा यूएईका भवानीविक्रम तुम्बापोले जनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष पासाङ शेर्पाको प्रमुख आथित्यमा भएको कार्यक्रम सरोज पयाङ्गो र मनिषा लिम्बुको संचालन तथा चुम्लुङ अध्यक्ष नगेन्द्र कुरुम्बाङको अध्यक्षतामा कार्यक्रम भएको हो ।

सम्बन्धित खवर