१३४ औं जन्मजयन्ती : समाज सुधारक राष्ट्रिय विभुति फागुनन्द - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

१३४ औं जन्मजयन्ती : समाज सुधारक राष्ट्रिय विभुति फागुनन्द

फिपराज बेघा
झापाको दमक पूर्वको सहरमा औलामा गनिन्छ । जहा निकै चर्चा कमाएको ठाउँ हो, फाल्गुनन्द चोक । दमकमा मात्र दुईवटा फाल्गुनन्दको शालिक छ । एउटा फाल्गुनन्द चोकमा, अर्को बेलडागीमा । फाल्गुनन्द चोक भेल्लिने ठाउ हो । तिनै चोक र शालिकको शालिनता छ । अहिले चोक र शालिक मात्र होइन, राष्ट्रिय बिभुति फाल्गुनन्द लिङ्देनको १३४ औं जन्मजयन्तीको चुलिदो छ, चर्चा ।
कार्तिक २५ गते आइतबार किरात धर्म दर्शनदाता, समाज सुधारक मुहिङ्गुम अङ्सीमाङ फाल्गुनन्द लिङ्देन १३४ औं जन्मजयन्ती । यो जयन्ती किराती समुदायले धुमधामले मनाउने गर्दछन् । मुगिहुम अङ्सिमाङ फाल्गुनन्द लिङ्देनले समाज सुधारमा पुर्याउनु भएको यागदानको चर्चा गर्दै दिवस, विविध कार्यक्रम गरी मनाउने चलन रहिआएको छ । राज्यको विभुति समेत रहनुभएका फाल्गुनन्दको जन्म इलामको इभाङ चुक्चिलिम्बा गाउँमा वि.सं. १९४२ कार्तिक २५ गते आइतबार जन्मनुभएको हो । सानेमा फलामसिंह र नरधोज लिङ्देनको नामले गाउँघरमा बोलाउथ्ये । ध्यानी, तपस्वी, सत्यहाङ्मा, महागुरु, मुहिङ्गुम अङ्सीमाङको उपनामले चिनिनुभयो । बाल्याकालमा फलामको चुरा लगाएका हुनाले फलामसिंह नाम रहन गएको हो । बुबा अशंबन्तु र आमा हंसमती लिङ्देनको कोखबाट जन्मनुभएका फाल्गुनन्दको आमा सानैमा देहान्त भएको थियो । आर्थिक रुपले विपन्न परिवारमा जन्मिएका फाल्गुनन्दले बन जङ्गलमा गोठालो गर्दै वित्यो । ८ वर्षको उमेरमा जितपुर ८ खत्रक्पा खोल्सी, माइखोलाको किनार इलाममा ज्ञान प्राप्त गर्नुभयो । सुखिममा कुल्ली काम गरेर जीवनसमेत गुजारा चलााएका फाल्गुनन्द ८ वर्ष लाहुरे भइ बर्मामा काम गर्नु भयो । हबल्दारसम्मको दर्जा पाए पनि व्यक्तित्व चाहि ‘ध्यानी’ नामले चिनिनुहुन्थ्यो । आध्यात्मिक कार्यमा लगाब भएकाले ध्यानी भनिएको हो । वर्मा, भारत, भुटानमा समेत भ्रमण गर्नुभएपछि पूर्वी पहाडी इलाका इलाम, पान्थर, ताप्लेजुङ, धनकुटा, तेह्रथुमलगायतका स्थानमा यात्रा गर्नुभयो । ती स्थानहरुमा अशिक्षितलाई शिक्षा दिने काम गर्नुभयो । खासगरी समाजमा रहेका कुरिति, कुसंस्कारलाई परिवर्तनतर्फ आजीवन लागिरहनुभयो । आफ्ना अनुयायीहरुसँग आफ्नो भाषा, लिपि प्रचार गर्दै मृत्यु संस्कार,विवाह संस्कारलगायत कर्म काण्डका विकृतिहरुलाई हटाउन अग्रणी भूमिका खेल्नुभयो । आफ्नो परम्परागत भाषा, धर्म, संस्कार, इतिहास लोप हुन लागेकाले सो जोगाउन गाउँगाउँमा जनचेतना जगाएर अमूल्य गुन लगाउनुभयो । मातृभाषाको शिक्षा लिपि भाषा स्वयम् पाठनपाठन गर्नुका साथै गर्न लगाउनुभयो । समाजमा विद्यमान अन्धविश्वास,परम्परा कुरितीविरुद्ध गाउँघरतिर प्रचारात्मक क्रिया गर्नुभयो । निरङ्कुश राजा शासन तथा स्वेच्छाचारी राणा शाषन कालको दमन चक्रमा परेर अतित्व परेको हो । आफ्नो अभियान सञ्चालन गर्दा लुकीछिपी अनुयायीहरुलाई ठाउँठाउँमा चुम्लुङ गर्नुभयो । माङ्इङघङहरु सुनाउँदै हिड्दा कतिले अपहेलना मात्र गरेनन् तत्कालिन र सरकारले जेलनेल हाल्ने प्रपन्च पनि गरेको थियो । तर सरकारको केही सिप लागेन । आजीवन ब्रम्हचरी, महिलाको भेषभुषा र गहनामा सज्जित र कम बोल्ने जीवनशैली वहाको थियो ।

फाल्गुनन्दले चारखाल चुकचिनाम्बा माङहिम् (१९८३), नाम्भुनयन लोब्रे सुर्यद्धाराी माङ्हिम् (१९८७), लब्रे माङ्हिम् १७ थुम(१९८८), याङ्रुप काबेली (१९९२), चिलङ्सिे माङ्हिम् (१९९७), चारखोला जितपुर गाछी माङ्हिम् (१९९९),कुम्भकर्ण घुँसाघुँसा माङ्हिम् १९९४) र भुटान घुम्ने ब्लक लामिटारमा युमा माङहिम निर्माण गरी सेवा गर्ने परम्पराको जग बसाल्नु भयो । सामाजिक चालचलन र मुन्धुम दर्शनमा सुधारको खाँचो देखेपछि फाल्गुनन्दको उपस्थितिमा शेरबहादुर लावतीको सभापतित्वमा १७ थुम १० लिम्बुवानका प्रतिनिधित्वसहित वि.सं.१९८८ सालमा पान्थर जिल्ला चेक्मागू गाविस, तिउली चाङ्गू, साबेन हाङ् तुम्याङ यकमा चुम्लुङ गरिएको थियो । चुम्लुङबाट १० वटा बुद्धाहरु पारित गरी सत्य धर्म मुचुल्का तयार गरिएको थियो । मुचुल्कामा आफ्नो भाषा लिपिबाट अध्ययन, अध्यायपन गर्न विद्यालय स्थापना गर्नु, इटदेव पितृपुजन र जन्म, विवाह र मृत्यु संस्कारमा जीवघात, हिंसा, मद, मंस परित्याग गरी फलफुल कन्दमुल नैबेध सिन्दुर धुप पातीले गर्नु, मृतकमा ९ दिनमा कुश्रृङ्बा बारी १० दिनको दिन शुद्ध हुने गरी क्रियापुत्री बाहेक तीन दिन बार्नु, शुद्धाइ मरु, मृत्यु कार्य मुक्ति दिदा सामसामा विधि विधानबाट मुक्ति दिनु र पिण्ड दिदा चढाउदा मासुमंस, जाडरक्सी नचढाउनु, दुध फलफूल अदुवा चामल, पिण्ड दिनु, सुगुर र कुखुराको मासु नखानु, किरातीले जाँडरक्सी परित्याग गर्नु,घरघरमा तानबुनी स्वदेशी कपडा लगाउनुजस्ता समाज सुधारक कुरा उल्लेख छ । फाल्गुनन्दले समाज सुधारमा अतुलनीय योगदान पुर्याउनु भएको छ । सांसारिक जीवनबाट पान्थर हाङ्यकमा वि.सं.२००५ चैत २२ गते सोमबार ६३ वर्ष ४ महिना २७ दिनमा निधन हुनुभयो ।

नेपाल सरकारले राष्ट्रिय विभुतिको नाममा रु १५ को हुलाक टिकट, नेपाली पाठ्यक्रममा संक्षिप्त जीवनी, दमकदेखि माङ्सेबुङ, रविहुँदै राँके जोड्ने सडकलाई फाल्गुनन्द मार्ग नामाकरण, राष्ट्रिय विभुति घोषणा र सार्वजनिक विदा दिएको छ । महागुरु फाल्गुन्दको स्मृतिमा तेह्रथुमको इवा र आठराई सक्रान्ति बजार, झापाको दमक, बेलडागी, शान्तिनगर, इलामको माङ्सेबुङ, पान्थरको फेदेन, रवि, हाङ्गुमलगायतको स्थानमा प्रतिमा राखिएको छ । माङ्हिम(मन्दिर), गाउँ, टोल, बाटोको नाम पनि राख्ने क्रम बढेदो छ । राष्ट्रको विभुति घोषणा गरिएपनि विशेषतः लिम्बुजन्य संघसंघटनले विशेष श्रद्धापूर्वक कार्यक्रम गर्दै जम्मजयन्ती मनाउने चलन बढ्दो छ । राष्ट्रिय विभुति फाल्गुनन्द लिङ्देन ज्यूको जन्मजयन्तीको अवसरमा सुख, शान्तिको कामना ।

fiprajbegha@gmail.com

सम्बन्धित खवर