कुटिएपछि, मुख्यमन्त्री लफडामा फसे - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

कुटिएपछि, मुख्यमन्त्री लफडामा फसे

साइनो समचारदाता


पथरी । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको समाचार लेखेको विषयलाई लिएर एक पत्रकार कुटिएको दाबी गरेका छन् । लोकमणि राई (दीआर सर) अमेरिकाबाट सञ्चालित बीआरटी नेपाल डट कममा सम्पादक छन् ।

हाल न्यूयोर्कमा रहेर पत्रकारिता गर्दै आएका लोकमणि राईले फेसबुक स्टाट्स लेख्दै समाचार लेखेकै विषयलाई लिएर आफूलाई मुख्यमन्त्रीका सहयोगीको साथीले कुटेको दावी गरेका छन् । राईले २० घण्टा अघिको स्टाटसमा लेखेका छन्, ‘नेपालको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको समाचार लेखेको विषयलाई लिएर उनका निकट सहयोगी पारूहाङ राईका सोल्टी उमेश राईले अमेरिकामा मार्ने उद्देश्यले एक घण्टा अघि हमला गर्याे । कुन अस्पताल ल्यायो थाहा छैन । अपराधीलाई कानुनको दायरामा ल्याउन सहयोगको अपिल गर्दछु ।’उपचारका लागि बैँकक जाने भन्दै नेपालबाट हिडेको भनिएका मुख्यमन्त्री मुख्यमन्त्री राई अमेरिका पुगेका थिए । उनको विषयमा समाचार लेख्ने पत्रकार न्युयोर्कमा कुटिएको स्थानीय प्रहरीले कुटपिट भएको पुष्टि गरेको छ ।
मुख्यमन्त्रीको सचिवालयले भने मन्त्रिपरिषद्को स्वीकृति बमोजिम जर्मनी हुँदै अमेरिका पुगेको दावी गरेको थियो ।

सम्बन्धित खवर