निर्मला प्रकरणका दोषीलाई नछाड्नेः गृहमन्त्री थापा - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

निर्मला प्रकरणका दोषीलाई नछाड्नेः गृहमन्त्री थापा

साइनो समचारदाता
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्त प्रकरणका दोषीलाई कारबाही गरी छाड्ने दोहोर्याएका छन् । उनले सरकारले छिट्टै कठघरामा ल्याउने तयारी गरेको आश्वासन दिएका छन् ।
तिहारको अवसरमा संचारकर्मीहरुको देउसीभैलो कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताएका हुन् । बलात्कार तथा अपराध गर्नेहरुलाई सरकारले कारवाही गरिरहेको भन्दै गृहमन्त्री थापाले यस्तो कारवाहीलाई अझै तीब्र बनाउने जिकिर गरे । उनले भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया अभियानकै रुपमा चलिरहेको भन्दै सरकारको बचाउ गरेका थिए । उनले तिहार र आउने पर्वहरुले नेपाल र नेपालीहरुलाई सुखी बनाउन योगदान गरोस् भन्दै शुभकामना समेत दिएका छन् ।

सम्बन्धित खवर