२ घण्टापछि आगो नियन्त्रणमा - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

२ घण्टापछि आगो नियन्त्रणमा

साइनो समचारदाता

इटहरी । सुन्सरीको प्रमुख केन्द्र इटहरी बजारस्थित एक व्यापारिक भवनमा लागेको आगो २ घण्टा पछि नियन्त्रणमा आएको छ । स्थानीयबासी, प्रहरी र दमकलको सामूहिक प्रयासपछि आगो नियन्त्रमा आएको हो ।
इटहरी उपमहानगरपालिका–६ स्थित धरान लाइनस्थित रेखा पराजुलीको चारतले घरमा आगोलागी भएको हो । पराजुलीको घरमा रहेको सप्तकोशी इलेक्ट्रोनिक्सबाट दिउँसो आगलागी सुरु भएको थियो । पराजुलीको घरसँग जोडिएको गणेश लुइँटेलको घर पनि क्षतिग्रस्त भएको छ । आगलागीको क्षतिको विवरण भने नआइसकेको, आगलागी के कारणले फैलियो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।

सम्बन्धित खवर