नेपाली मूल भण्डारीले जिते अमेरिकामा चुनाब - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

नेपाली मूल भण्डारीले जिते अमेरिकामा चुनाब

२० हजारभन्दा बढी मत पाएर नेपाली घरनाका एचबी ह्यारी भण्डारीले अमेरिकामा सम्पन्न निर्वाचनमा विजयी भएका छन् । अमेरिकाको ठूलो पदमा पुग्ने पहिलो नेपाली पनि बनेका छन् । डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका उनी जुनमा डेमोक्र्याटिक पार्टीको केन्द्रीय सदस्य पदमा समेत निर्वाचित भएका थिए ।


प्रतिनिधि सदस्यका लागि तीन जना निर्वाचित हुने प्रावधान रहेको मंगलबार भएको चुनावमा उनले मेरिल्यान्डको ‘डिस्ट्रिक्ट ८’ बाट दोस्रो स्थानमा आफूलाई विजयीका रूपमा उभ्याउन सफल भए ।
जुन महिनामा भएको प्रारम्भिक चरणको चुनावमा पनि उनी दोस्रो भएका थिए। त्यही जीतले नै उनलाई यो स्थानमा ल्याइर्पुयाएको हो । सन् २०१४ पहिलोपटक उम्मेदवार बनेका, पर्वत जिल्लामा जन्मिएका भण्डारी त्यतिबेला भने पराजय भोग्नुपरेको थियो।

सम्बन्धित खवर