एक सालपछि गच्छदार उपसभापति - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

एक सालपछि गच्छदार उपसभापति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विजयकुमार गच्छदारलाई पार्टी एकता भएको एक सालपछि उपसभापति नियुक्त गरेका छन् । उनी संसदीय दलका उपनेता तथा आमन्त्रित केन्द्रीय सदस्य पनि हुन् ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले सर्वसम्मत् रूपमा निर्णय गरेको हो । प्रतिनिधि तथा प्रदेश सभा चुनावअघि फोरम लोकतान्त्रिक पार्टी कांग्रेसमा मिसाएका गच्छदारलाई उपसभापति नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शर्माले भने, ‘उपसभापति बनाउने राजनीतिक निर्णय भएको छ, विधान संशोधनको कुरा महासमिति बैठकपछि टुंगो लगाइनेछ ।’
कांग्रेस विधानअनुसार एक जना उपसभापति रहने व्यवस्था छ । अहिले विमलेन्द्र निधि उपसभापति छन् । उपसभापति हुन निर्वाचित केन्द्रीय सदस्य हुनुपर्छ ।

सम्बन्धित खवर