देउशीे गीत ल्याए गायक देव गुरुङले (भिडियो सहित) - Sainokhabar
  • बुधबार, फागुन १२, २०७७

देउशीे गीत ल्याए गायक देव गुरुङले (भिडियो सहित)

पथरी, लामो समय संगितमा बिताएका गायक तथा संगितकार देव गुरुङले मौलिक पनमा समेटिएको देउशी भैलो गित बजारमा ल्याएका छन ।गणेश वाछाना राईको शब्द संकलन र अशोक थापाको एरेन्जरमा गायक देव गुरुङले युवा पिठीलाई लक्षित गरी देउशी गित रेकर्डिङ गरेका हुन् । तिहारको ५ दिन अगाडि मात्र सुटिङ भएको गितको निर्देशन भने संचारकर्मी तथा निर्देशक सन्तोष राईले गरेका छन् ।

क्रेजी इन्टरटेनमेन्टले निर्माण गरेको ‘घिन घिन मादल’ गितको म्यूजिक भिडियोमा मोडल बादल श्रेष्ठ, निमा तामाङ, करण धिताल, रेजिना क्षेत्रीले अभिनय गरेका छन् भने संचारकर्मी अशोक राई, गोपाल काफ्ले, भीमराज अधिकारी, विवेक परियार, विवेक न्यौपाने, भूमि पाठकको अभिनय हेर्न पाइन्छ । गायक देव गुरुङको यूटुव च्यान जमर्काे इन्टरटेनमेन्टद्वारा गीतलाई सार्वजनिक गरिएको छ । उक्त भिडियोको देवराज सिक्देलले छायाङकन गरेका छन भने अभिषेक मगरको  कोरियोग्राफी रहेको छ ।

सम्बन्धित खवर