जेट आकारको कमल पोखरी संरक्षणको पर्खाइमा - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

जेट आकारको कमल पोखरी संरक्षणको पर्खाइमा

फिपराज बेघा
केचना सुनबर्षी । ७ विद्या ६ कट्ठा १७ धुर क्षेत्रफल भएको जेट आकारको प्राकृतिक पोखरी संरक्षणको पर्खाइमा छ । सुनवर्षी नगरपालिका वडा नम्बर १ केचना मोरङमा रहेको कमलपोखरी आर्थिक चपेटामा परी संरक्षणविहीन झै भएको छ । पुर्व पश्चिम लोकमार्ग पथरीदेखि १४ किलोमिटर दक्षिण गान्धी मनमोहन मार्गबाट पुग्न सकिन्छ । पोखरी विद्यालयले २०३६ सालदेखि स्थानीय मंगलसिंह माध्यमिक विद्यालयको संरक्षणमा रहेको छ । भने विद्यालयले २०४७ साल २०७३ सालसम्म माछा विक्रीबाट आम्दानी गर्दै आएको थियो । सुरुको बखत बार्षिक १० हजार पछिल्लो पटक ४ वार्षिक ४ लाख आम्दानी गर्दै आएको थियो । स्थानीय समूहले ३० प्रतिशत संरक्षण गरे बापत् विद्यालयले दिदै आएको थियो । माछा बेचेर वार्षिक ठेक्कामार्फत् आम्दानी विद्यालयले गर्ने गथ्र्यो । विद्यालयका अनुसार अम्दानी विद्यालयको फर्निचर, कम्पाउण्ड, भवन निर्माणलगायत विकासमा खर्च हुदै आएको थियो ।

२०६६ सालमा फरबाड संस्थाले रुद्राक्ष, सिसौं, लिचिगायत विरुवा रोपेर वृक्षारोपण गरेको थियो । प्लान नेपालको समन्वयमा जापानको सोगामे परिवारले १४ लाख सहयोग गर्यो । आर्थिक वर्ष २०६३÷०६४ सालमा प्राप्त सहयोगले डेढ किलोमिटर पोखरी वरिपरी बाटो, ड्याम निर्माण, पानी निकासी ठाउँ निर्माण गरिएको थियो । जिल्ला विकास समितिबाट ५० हजार अनुदान आएको थियो । नगरपालिकाले पोखरी विकासको लागि गत आर्थिक वर्षमा १६ लाख र चालु आर्थिक वर्षमा २० लाख वजेट विनोजित गरेको छ । गत आर्थिक वर्षको बजेट पोखरीको केहीमा स्लाप निर्माण गरिएको छ । चालु आर्थिक वर्षको काम सुरु गरिएको छैन । सुनवर्षी नगरपालिकाकी उपप्रमुख मञ्जु राईले कमल पोखरीलाई विकास गर्न नगरपालिका लागि परेको बताइन् । प्रदेश सरकार, संघीय सरकारलाई बजेट माग गर्ने जनाउँदै देशीविदेशी संघसंस्थालाई सहयोग गर्न आह्वान गरिन् ।

पोखरीमा दैबी शक्ति रहेको विश्वास स्थानीयबासीमा रहेको छ । उनीहरुले पुजाआजा गर्दै पनि आएका छन् । पोखरीको विचमा शिव मन्दिर छ । साकेला थान, दुर्गा मन्दिर लगायत विभिन्न ५ वटा देबालय छ । बैशाख १२ गते भव्य मेला लाग्छ । पोखरीमा विभिन्न प्रजातिका जलचर तथा उभयचर चराचुरुङीको वासस्थान पनि बन्दै आएको छ । दुई वर्ष अघि प्रवासी नेपालीहरुको सहयोगमा ३ वटा बोर्ड सञ्चालन ल्याएको थियो । वार्षिक ४ लाख आम्दानी हुने गरेको थियो । विभिन्न प्रजातिको कमलको फुलले पोखरीले सौन्दर्य प्रदान गरेको थियो । पोखरीमा रहेको सबै जलकुम्भी समेत सफा गर्दा मनोरम दृश्य देख्न सकिन्थ्यो । त्यस बेला थुप्रो आन्तरिक पर्यटकहरु अउने गर्थे । अहिले बोर्ड चल्दैन । पोखरीमा जलकुम्भीले पुरै ढाकेको छ । आन्तरिक पर्यटकहरु फाटफुट्ट आउछन् । दुई होटल सञ्चालित छ । विद्यालयका प्रधानाध्यापक सञ्चलाल लिम्बुले सबै सरोकारवालाहरु केचनालाई पहिचान गराउन सक्ने प्राकृतिक पोखरी करोडौंको आम्दानी भित्राउन सक्ने बताउँछन् । ‘कमलपोखरीका लागि सबै एकजुट हुन आवश्यक छ ।’ उनले भने, ‘घेराबारा, चिडिया खाना, बोर्ड सञ्चालन, चिल्डे«न पार्कलगायत भौतिक संरचना निर्माण गरेमा करोडौको आम्दानी गर्न सकिन्छ ।’

सम्बन्धित खवर