योजना प्रदेश आयोगको उपाध्यक्षमा प्याकुरेल - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

योजना प्रदेश आयोगको उपाध्यक्षमा प्याकुरेल

विराटनागर । प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा सुबोधराज प्याकुरेल, सदस्यद्धयमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयको नामाकरण सच्याउन र संविधानसम्मत बनाउन त्यसखालका नाममा रहेका कार्यालयको पहिचान गर्ने र सच्याउनका लागि मुख्य सचिव केदार न्यौपानेलाई १५ दिनको समय दिएको छ । बैठकले सुनसरी जिल्लाको कोशी गाउँपालिकाको कोसी कटान क्षेत्रमा रिफ्रेसमेन्ट सेन्टर निर्माणका लागि संरचना गठन र निर्माणको स्वीकृति प्रदान गरेको छ । तेह्रथुमको दुई सहर र फिदिमलाई नयाँ शहरका रुपमा विकास गर्ने स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको बैठकले प्रदेशको सार्वजनिक खर्च मापदण्ड र मितव्ययतासम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ स्वीकृति दिने निर्णयसमेत गरेको छ । यस्तै मन्त्रिपरिषदको बैठकले झापाको दमकमा रहेको ग्रामीण सडक सुधार सञ्जाल आयोजनालाई प्रदेश सरकारको मातहत ल्याउने निर्णय पनि गरेको छ ।

सम्बन्धित खवर