पथरीमा फुटसल ग्राउण्ड बन्दै - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

पथरीमा फुटसल ग्राउण्ड बन्दै

साइनो समचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका आसपासमा फुटसल प्रतियोगिता गर्ने स्थान भए पनि पथरीशनिश्चरेमा खड्किएको थियो । अब सिरिजङ्गा स्पोर्टिङ क्लबले फुटसल प्रतियोगिता गर्ने ग्राउण्ड बनाउने भएपछि फुटसल खेल्नै कै लागि बाहिर जानु नपर्ने भएको छ ।


पथरी शनिश्चरे ३ सिरिजंगा चोकका खेमराज तुम्बापोले आफ्नो श्रीमती कुमारी तुम्बापोको स्मृतिमा डेढ कट्टा जमिन क्लबलाई प्रदान गरेको छ । करिब ५ लाख मूल्य पर्ने जमिनमा २ लाख ६० हजारको लागतमा मैदान क्लबले बनाउँदै छ । स्थानीय हाल बैदेशिक रोजगारको क्रममा कुबेत रहेका मनोज आङ्बुहाङले २० हजार सहयोग प्राप्त भएको क्लबका उपाध्यक्ष सरोज लिम्बुले बताएका छन् । उनले तिहारपछि विभिन्न व्यक्ति, संघसंस्थाको सहयोगमा मैदानमा इटाको दिवाल, तारजालीलगायत काम गर्ने जनाएका छन् ।
क्लब २०६० सालमा स्थापना भएको हो ।

सम्बन्धित खवर