आमाछोरी अस्पतालमै बन्धक - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

आमाछोरी अस्पतालमै बन्धक

विराटनगर । आरके चिल्डे«न हस्पिटल विराटनगरले उपचार खर्च तिर्न नसक्दा सप्तरी भारदहकी आमा छोरी बन्धक भएका छन् । सुरक्षा गार्डको निगरानीमा तीन दिनदेखि आमा छोरी छन् ।
रेनुदेवी खड्गाकी तीन महिने छोरी निशाकुमारीको उपचार खर्च तिर्न नसक्दा रेनुदेवी र उनकी आमा सीतादेवी मण्डल अस्पतालमा बन्धक भएका हुन् । छोरीलाई उच्च ज्वरो आएपछि रेनुदेवीले स्थानीय क्लिनिकमा जचाएकी थिइन् । क्लिनिकले असोज ३१ गते निमोनिया भएकाले ठूलो अस्पताल लैजान भनेपछि कोशी अञ्चल अस्पताल ल्याएका थिए । कोशीमा उपचार हुन नसकेपछि निशालाई आरके चिल्ड्रेन हस्पिटल विराटनगरमा भर्ना गरिएको थियो ।
अस्पतालमा ११ दिन भेन्टिलेटरमा राखेपछि आइतबार बच्चाको मृत्यु भएको घोषणा गरेको छ । उपचार गरेको खर्च मध्ये १ लाख १६ हजार तिर्न सकेको छैन । १ लाख ७० हजार रुपैयाँको बिल मध्ये अस्पतालमा ६० हजार र फार्मेसीमा २० हजार बुझाएको सीतादेवीले बताइन् । अस्पतालले रकम नबुझाएको भन्दै मृतकको शव दिएकोे उनले बताइन् ।
अस्पतालले उपचार खर्च नतिरेका कारण मृतकका आफन्तलाई रोकेर राखेको अस्पताल प्रशासन प्रमुख धिरज मैनालीले जानकारी दिए । उनले अस्पतालले केही शुल्क छुट दिने तर, बाँकी सबै रकम मिनाहा गर्न नसक्ने बताए ।

सम्बन्धित खवर