कांग्रेस महासमिति बैठकका लागि उपसमिति गठन - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

कांग्रेस महासमिति बैठकका लागि उपसमिति गठन

काठमाडौं । दोस्रो ठूलो दल नेपाली कांग्रेसले आगामी मंसिर ५–९ गतेसम्म काठमाडौंमा हुने भनिएको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ ।


स्थानीय व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका सभापति सबुज (कृष्ण) बानियाँकोको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच उपसमिति गठन गरेको हो ।
बैठकले भक्तपुर काङ्ग्रेसका सचिव उद्धव सिलवालको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, काठमाडौं काङ्ग्रेसका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचारप्रसार व्यवस्थापन उपसमिति र ललितपुर काङ्ग्रेसका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति, भक्तपुर काङ्ग्रेसका सचिव निशान ढुङ्गेल संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति गठन गरिएको छ ।
आर्थिक व्यवस्थापन गर्न उपत्यकाका जिल्लाका सभापतिलाई जिम्मा दिने निर्णय गरिएको उनले बताए ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत भदौ ९ गतेको बैठकले महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । सोही बमोजिम काङ्ग्रेसले महासमितिको बैठक काठमाडौंको भृकुटीमण्डपमा गर्ने निर्णय गर्दै तयारीलाई तीव्रता दिएको छ ।

सम्बन्धित खवर