शिक्षक परीक्षाको नतिजा, तिहारअघि सार्वजनिक गरिने - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

शिक्षक परीक्षाको नतिजा, तिहारअघि सार्वजनिक गरिने

काठमाडौं । अस्थायी शिक्षकको आन्तरिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको छ । अहिले उत्तरपुस्तिका परीक्षण सकेर रुजु तथा पुनः परीक्षण भइरहेको छ । नतिजा प्रकाशन भने तिहारअघि गरिने भएको छ ।
शिक्षक सेवा आयोगले जनाए अनुसार आवश्यक धेरै प्रक्रिया र विधि पूरा गर्नुपर्ने भएकाले तत्काल नतिजा प्रकाशन नहुने भएको छ । तिहारपछि मात्र सबै नतिजा आउने आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिएका छन् ।
। यही गतिमा काम भयो भने केही विषय र तहका परीक्षा तिहारअघि नै सार्वजनिक गर्न सकिने गौतमले जानकारी दिए ।


अस्थायी शिक्षकलाई आन्तरिक प्रतिष्पर्धा गराउन असार उन्तीस र तीस गते परीक्षा लिइएको थियो । परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार उन्नसी पदका लागि अस्थायी शिक्षकबीच प्रतिष्पर्धा भएको छ ।
आयोग स्थापनापछि हालसम्म तीन पटक मात्र खुला प्रतिष्पर्धाबाट शिक्षक नियुक्त गरिएको छ । यस्तो प्रतिष्पर्धाबाट १८ हजार उन्चालिस जना शिक्षक मात्र नियुक्त भएका छन् ।

सम्बन्धित खवर