राष्ट्रपति कतार प्रस्थान - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

राष्ट्रपति कतार प्रस्थान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका लागि सोमबार कतार प्रस्थान गरेकी छन् ।
राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा कतार प्रस्थान गरेकी हुन् । चार दिवसीय औपचारिक भ्रमणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ गरेका छन् । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्य, मुख्य सचिव, नेपाल सरकारका सचिव, सुरक्षा निकायका प्रमुखलगायत सरकारका उच्च पदाधिकारी विमानस्थलमा उपस्थित थिए ।
भ्रमण टोलीमा राष्ट्रपति भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीलगायत छन् । राष्ट्रपति भण्डारी कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

सम्बन्धित खवर