नेपालले पाकिस्तानलाई हान्यो ९ गोल - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

नेपालले पाकिस्तानलाई हान्यो ९ गोल

थाइल्याण्डमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले पाकिस्तानलाई ९–० ले हराएको छ ।
आइतबार भएको खेलमा नेपालकी मञ्जली कुमारीले २ मिनेटमा नै गोल गर्दै देशलाई अग्रता दिलाएकी थिइन् । नेपालका लागि निशा थोकरले हृयाट्रिक, पूजा रानाले दुई र सम्झना लावती, एलिसा जिम्बा र सरु लिम्बुले एक÷एक गोल गरे । जितसँगै नेपालले २ जित र १ हार ब्यहोरेको छ ।
नेपालले शुक्रबार भारतलाई २–० ले हराएको थियो । पहिलो खेलमा भने नेपाल थाइल्याण्डसँग ३–० ले हारेको थियो । समूह बीमा नेपालसँगै थाइल्याण्ड, भारत, सिंगापुर र पाकिस्तान छन् ।

सम्बन्धित खवर