को बन्छ समूह विजेता, नेपाल कि बंगलादेश ? - Sainokhabar
  • बिहिबार, असोज ०७, २०७८

को बन्छ समूह विजेता, नेपाल कि बंगलादेश ?

काठमाडौं । जारी साफ यू–१५ च्याम्पियनसिपमा नेपालले आज दिउसो २ बजेर ३० मिनेट बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।


ललितपुरस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा नेपाल र बंगलादेश समूह विजेता बन्ने लक्ष्यको साथ खेल्दैछ । दुवै टिमले समान १–१ खेल खेलेको छ । नेपाल र बंगलादेशले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । बंगलादेशले माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको थियो ।
सेमिफाइनल समिकरण पूरा
सेमिफाइनल समीकरण सोमबार पूरा हुदैछ । समूह बी अन्तर्गतको अन्तिम खेलमा आजै भारतले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । यो समूहबाट पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनल पुगिसेकको छ ।

सम्बन्धित खवर