नेकपाका अध्यक्ष प्रचण्ड विराटनगर आउने - Sainokhabar
  • बिहिबार, साउन १४, २०७८

नेकपाका अध्यक्ष प्रचण्ड विराटनगर आउने

विराटनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा मोरङले कार्तिक १९ गते विराटनगरमा चियापान समारोह आयोजना गर्ने भएको छ । दसैं, तिहार, छठ लगायत पर्वहरुको उपलक्ष्यमा आयोजित कार्यक्रमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएको हो ।
कार्यक्रममा ५ हजारको सहभागिता रहने नेकपा मोरङका नेता ऋषिकेश पोखरेलले जानकारी दिएका छन् । कार्यक्रमलाई सफल बनाउन मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
कार्तिक १९ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म कार्यकर्ताबीच प्रशिक्षणमूलक कार्यक्रम हुने, २ बजेदेखि साँझ ६ बजेसम्म आगन्तुक पाहुना, सुभचिन्तक सामाजिक व्यक्तित्वहरुकाबीच शुभकामना आदानप्रदान गरिने नेकपाले जनाएको छ ।

सम्बन्धित खवर