बाल मैत्री बन्दै लर्ड बुद्ध साकोस - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

बाल मैत्री बन्दै लर्ड बुद्ध साकोस

 गोपाल काफ्ले

बालबचत कर्ताहरुलाई सहकारी मैत्री हुन आर्कषण गर्दै लर्ड बुद्ध साकोसले ३ दिने बाल कार्यक्रम संचालन गरेको छ । संस्थाको बाल कार्यक्रम अनुसार बालबालिकाहरुलाई सहकारी संग नजिक गराउन बर्षेनी लर्ड बुद्ध साकोस बाल कार्यक्रम गर्ने गरेको छ । मोरङको पथरीशनिश्चरेमा वि.सं. २०५९ सालमा स्थापना भएको लर्ड बुद्ध बच तथा ऋण सहकारी संस्था लि.ले आफ्ना १५ बर्षदेखि मुनीका बाल बचतकर्ता सदस्यहरूलाई सहभागी गराई आयोजना र्ने तीन दिने बाल खेलकुद र बाल भ्रमण कार्यक्रम सुरु गरेको छ ।


कार्तिक १० गतेदेखि १२ गतेसम्म हुने कार्यक्रम अन्तरगत पहिलो दिन ५ बर्षदेखि मुनी उमेर समूहका बालबालिकाहरूलाई, दोश्रो दिन ५ देखि १० बर्ष उमेर समूहका नानीहरूलाई सहभागी गराई खेलकुद, चित्रकला, र बाल भ्रमण गरी बालदिवस मनाउदैछ । कार्यक्रम अन्तरगत १२ गते १० देखि १५ बर्ष उमेर समुहका बाल बालिकाहरुलाई झापा सुरुङगाको पर्यटकीय स्थल हेप्पी ल्याण्डमा एक दिने बाल भ्रमण गराईने संस्थाका व्यवस्थापक गणेश बाछानाले बताए ।


पञ्चायत माविको खेल मैदानमा भएको प्रतियोगितामा छात्रा तर्फ ईन–आउट खेलमा पुजा खनाल, सविता धिमाल, मिस्मिका ढकाल क्रमस प्रथम द्वितिय तृतिय भए भने छात्रतर्फ सेदिङ राई, ओवेत लिम्बू र अब्राहम लिम्बू क्रमस प्रथम द्वितिय तृतिय भएका थिए । त्यस्तै सेभ द टेल खेलमा छात्रातर्फ निसुमा लिम्बू, यान्छो लिम्बू र उपासना लिम्बू, क्रमस प्रथम द्वितिय तृतिय भए भने छात्रतर्फ सचित बस्नेत, एलिन रसाईली र उज्वल श्रेष्ठ क्रमस प्रथम द्वितिय तृतिय भएका छन । चित्रकला प्रतियोगितामा प्रथम सुम्निमा राई, द्वितिय रोमना राई र तृतिय अब्राहम लिम्बू भएको थिए भने मेमेरी टेष्टमा प्रथम श्रेया तामाङ, द्वितिय सेहिङ राई र तृतिय निश्चल तामाङ भएका थिए ।
प्रतियोगितमा प्रथम द्वितिय तृतिय बालबालिकालाई स्टेस्नरीका सामाग्री पुरस्कृत गरीएको थियो । सहभागी हुने अन्य बालबालिकाहरूलाई समेत मनोवैज्ञानिक असर नपरोस भन्ने उद्देश्यले कार्यक्रममा पुरस्कृत गरिएको संस्थाका सचिव श्री महेन्द्र ढुंगानाले बताए ।

सम्बन्धित खवर