साफ यू–१५ च्याम्पियनसिप, भुटान ४ गोलले हार्यो - Sainokhabar
  • बिहिबार, साउन १४, २०७८

साफ यू–१५ च्याम्पियनसिप, भुटान ४ गोलले हार्यो

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदान सातदोबाटोमा शनिबार साफ यू–१५ च्याम्पियनसिप फुटबलमा ४ गोलको अन्तरले हारेको छ । पहिलो खेलमा पाकिस्तानले भुटानलाई ४–० गोलले पराजित गरेको हो । पहिलो हाफमा ४ गोल पाकिस्तानले गर्यो । दोस्रो हाफमा भुटानले समालिएर खेल्यो । खेलको २४ औँ मिनेटमा मुदासार नाजारले पहिलो गोल गरे भने त्यसको ३ मिनेटपछि दोस्रो गोल अफ्तिखार अहमदले दिलाएका हुन् । ३७औँ मिनेटमा पाकिस्तानका मोइन अहमदले तेस्रो गोल गरे । मोइन अहमदले नै पाकिस्तानका लागि खेलको ४५औँ मिनेटमा चौथो गोल दिलाएका थिए । खेल भएको हो । विहीबार भएको खेलमा पाकिस्तानले २–१ गोलले भारतलाई पराजित गरेको थियो ।

आजै माल्दिभ्स र बंगलादेश आमुन्ने सामुन्ने
शनिबारको दोस्रो खेल माल्दिभ्स र बंगलादेशबीच हुनेछ ।

सम्बन्धित खवर