नेपाललाको सानदार जित, माल्दिभ्स ४ गोलले पराजित - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

नेपाललाको सानदार जित, माल्दिभ्स ४ गोलले पराजित

काठमाडौं । जारीे साफ यु–१५ च्याम्पियनसिप प्रतियोगितमा नेपालले जितको सुरुवात गरेको छ । उसले स्पर्धी माल्दिभ्सलाई सुन्यको विरुद्ध ४ गोलको अन्तरले पछि पारेको हो । खेलको २८ औं मिनेटमा जान लिम्बुले पेनाल्टीमार्फत् सुरूवाती अग्रता दिलाए । त्यसको सात मिनेटपछि नमेश थापामगरले गोल गर्दै नेपालले पहिलो हाफमा २–० को अग्रता दिलायो । दोस्रो हाफमा सशांक बोहराले गोल गरे । पुनः ६७ औं मिनेटमा दिपेश राईले गोल थप्दै स्पर्धीलाई ४ गोलको भारी अन्तरले पछि पारे ।

नेपाललाको सानदार जित, माल्दिभ्स ४ गोलले पराजित
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा दुवै टोली मैदानमा गोलका लागि प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको चारै संस्करण खेलेको नेपालले दुई पटक फाइनल खेलेको छ । नेपाल गत संस्करणको उप विजेता पनि हो । अब प्रतियोगिताको समूह एमा रहेको बंगलादेशसँग कार्तिक १२ गते खेल्नेछ। यसबाट समूह विजेताको टुंगो लाग्नेछ । शीर्ष टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछ ।समूह बीमा भारत, भुटान र पाकिस्तान समावेश छन् । ६ टिम सहभागी प्रतियोगिता कार्तिक १८ गतेसम्म चल्नेछ ।

सम्बन्धित खवर