नेकपाको सचिबालयको बैठक, कार्य विभाजन गर्न कार्य दल गठन - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

नेकपाको सचिबालयको बैठक, कार्य विभाजन गर्न कार्य दल गठन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय समिति मातहतको प्रदेश कमिटीका सदस्य चयन र केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्न दुई सदस्यीय कार्य दल गठन गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य एवम् गृह मन्त्री रामबहादुर थापालाई कार्य दलमा चयन गरेको छ । निश्चित मापदण्डका आधारमा प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यदललाई दिइएको महासचिव पौडेलले जानकारी दिए । सचिवालय बैठकले यस प्रदेश कमिटीको पदाधिकारी चयन गरिसकेको छ । प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन सम्बन्धी सचिवालयको निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपालले लिखित असहमति जनाएपछि सचिवालय बैठकले प्रदेश कमिटीको सदस्य चयनका लागि प्रस्ताव तयार पार्न कार्य दल नै गठन गरेको हो । कार्य दलले पेश गरेको प्रस्ताव सचिवालय बैठकमा छलफल भएपछि त्यसलाई स्थायी समिति बैठकले अनुमोदन गर्ने नेकपाले जनाएको छ ।

सम्बन्धित खवर