काठमाडौं । साफ यु–१५ च्याम्पियनसिप प्रतियोगिताको उद्घघाट्न खेल समूह बी तर्फ भारत र पाकिस्तानबीच हुदैछ । ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलतर्फ ११ः३० बजेदेखि भइरहेको हो ।
दोस्रो खेलमा ३ बजे नेपाल र माल्दिभ्स भिड्दै छन् । प्रतियोगिताको समूह ए मा रहेको आयोजक टोली नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालका प्रशशिक्षक सनोज श्रेष्ठले भने, “हामीले एक बर्ष लामो राम्रो तयारी गरेका छौं । हामी उपाधिका लागि भिड्नेछौं ।”
त्यस्तै नेपाली टोलीका कप्तान प्रदिप लम्सालले आफूहरु आत्मविश्वासका साथ मैदानमा उत्रिने बताए ।