‘संशोधनमा सरकार उदासिन’–राजेन्द्र श्रेष्ठ - Sainokhabar
  • शुक्रबार, मङि्सर १२, २०७७

‘संशोधनमा सरकार उदासिन’–राजेन्द्र श्रेष्ठ

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र श्रेष्ठले संघीयता व्यवस्थालाई असफल बनाउन पुराना शक्तिहरु लागि परेको आरोप लगाएका छन् ।
काठमाडौंको पुष्पलालपथस्थित नेपाः व्यान्क्वेटमा आयोजित कार्यक्रममा श्रेष्ठले सच्चा संघीयवादीहरु एकतावद्ध हुन नसक्दा प्रतिगामी तत्वहरुले शीर उठाउन लागेको भन्दै चिन्ता व्यक्त गरे । उनले आफ्नो पार्टी संविधान संशोधन गर्ने दुई बुँदे लिखित सहमतिपछि सरकारमा गएको भएपनि उक्त सहमति कार्यान्वयनमा सरकार उदासिन बनेको बताए । उनले प्रदेश र संघबीच सुमधुर सम्बन्ध कायम गर्ने विषयमा पनि प्रधानमन्त्री केपी ओली गम्भीर नभएको आरोप लगाए । श्रेष्ठले आफूहरुको विरोधको बाबजुद कांग्रेस र कम्युनिष्ट मिलेर बनाएको वर्तमान संविधानको धारा २३४ मा भएको अन्तरप्रदेश परिषदको व्यवस्थालाई संघीय सरकार बनेको ९ महिना बित्दा समेत एक पटक पनि बैठक नबसी केन्द्र एकपक्षीय रुपमा अगाडि बढेको आरोप लगाए । उनले भने, ‘नेकपाकै मुख्यमन्त्री रहेको ४ नम्बर प्रदेशको पोखरामा मुख्यमन्त्रीहरुको बैठक बसी अन्तरप्रदेश परिषदको अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समक्ष बैठक माग गर्दा समेत बेवास्ता गरेकाले समस्या गम्भीर बन्दै गएको छ ।’ संघीय व्यवस्था मुलुकले धान्न नसक्ने भन्नेहरुले आफ्नो हातमा सत्ता पुग्दा संघीयतालाई असफल पार्न पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट पदाधिकारीहरुलाई भूपू भइसक्दा पनि अस्वभाविक रुपमले राज्यकोषबाट सुविधा दिने गरेको बताए । संघवादको सिद्धान्तविपरीत बनाइएको नेपालको संविधानको कारण देशमा स्थानीय तहले मनपरी कर उठाउने र सुविधा लिने गरेको बताए ।

सम्बन्धित खवर