नेवि संघको गुट, उपगुट तोड्दै तुम्बापोको उमेद्वारी - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

नेवि संघको गुट, उपगुट तोड्दै तुम्बापोको उमेद्वारी

  1. मनिष सम्बाहाङफे

३२ वर्ष उमेर मुनीकाले मात्र नेवी संघमा उमेद्वारी दीन पाउने नयाँ संसोधति विधान संगै नेपाल विद्यार्थी संघको १२ औं महाधिवेसनका लागी नयाँ युवा जोश र जाँगरका साथ आफ्नो नेतृत्वको लागी जताततै उमेद्वारी घोषणा गर्नेको लर्को लागेको छ । तर नेवी संघ विद्यार्थीहरुको संगठन भएता पनि कांग्रेसको परम्परागत गुट, प्रवृत्ती र सोचको हावी संगै भावी नेतृत्वको आकांक्षा राख््नेहरुका एजेण्डाको सूची सार्वजनिक गर्ने कार्यले पनि उतिकै स्थान पाएको छ ।
तर पथरी बहुमुखी क्याम्पसका नेवि संघ सभापति भने “नेबि संघ मोरङमा लगाएको नेतृत्व सिण्डीकेट तोड्दै, ऐतिहासिक नेतृत्वको नेवि संघ ” भन्ने नाराका साथ आसन्न महाधिबेसन को मैदानमा उत्रिएका छन् । मंगलबार पथरी बहुमुखी क्याम्पसको सभाहलमा उमेद्वारी घोषणा कार्यक्रमको आयोजना गर्दै, तुम्बापोले नेपाली कांग्रेस र नेबि संघ भित्र भएको गुट र उपगुट लाई तोड्दै नेवि संघलाई युग सापक्ष सञ्चालन गर्ने बताउनुभयो । उहाले नेबि संघको गौरवसाली इतिहासलाई जिवन्त राख्दै ग्रामिण क्षेत्रको विद्यालय देखी, गाउ, नगर, क्षेत्र र सिंगो जिल्ला भरी नै संगठन बिस्तार गरेर पहुँच हुनेले मात्र नेतृत्व लिन सक्ने सोच र परम्परालाई अन्त्य गर्दै गरिब सर्वहाराको नेबि संघ बनाउने प्रतिबदता व्यक्त गर्नुभयो । साथै उहाले देश डुब्न लागेको बेला राजनैतिक आन्दोलनमा नेबि संघले नेतृत्व लिए पनि नेबि संघ आफैमा बिद्यार्थीहरुको गौरबशाली र आशाको धरोहर भएको कारणले विद्यार्थीहरुको हक, हित र अधिकारका निम्ति शैक्षिक आन्दोलनलाई पहिलो प्राथमिकता दिनु पर्ने बताउनुभयो । पार्टीको हस्तक्षेपले शैक्षिक आन्दोलनलाई कमजोर बनाउछ, यसर्थ पार्टी को हस्तक्षेपलाई प्रतिकार गर्दै आफु विद्यार्थीको शैक्षिक मुद्धामा कटिबद्व भएर लागि पर्ने समेत बताउनुभयो । उक्त घोषणा कार्यक्रम संयोजक केशर राईको सभापतित्वमा सम्पन्न भएको थियो भने विद्यार्थी नेता विक्रम लिम्बू र क्याम्पस प्रमुख चेतन पौडेलले विजयको अग्रीम शुभकामना दिनु भएको थियो ।

पथरी बहुमुखी क्याम्पसका सभापति तुम्बापोको कार्यकालमा स्वतन्त्र विद्यार्थी युनियनको गएको अधिवेशनमा उक्त क्याम्पसमा नेवि संघको प्यानल नै विजयी भएको थियो, जसमा उहाको उल्लेखनीय भुमिका रहेको थियो । साथै पेटोलीय पदार्थको मुल्य वृदिको पथरीमा भएको आन्दोलनको पनि तुम्बापोले नै नेतृत्व लिनुभएको थियो ।

नेवि संघको केन्द्रीय महाधिवेसन यहि कार्तिक १६, १७ र १८ मा हुदैछ भने जिल्ला भरीको अधिवेसन असोज २१ गते हुने भएको छ ।

सम्बन्धित खवर