गोल्डकपको उपाधि माङमालुङलाई - Sainokhabar
  • बुधबार, मङि्सर १०, २०७७

गोल्डकपको उपाधि माङमालुङलाई

इलाम । दोश्रो रेडस्टार गोल्डकप प्रतियोगिताको उपाधि माङमालुङ फूटबल क्लब माङसेबुङ–६ इलामले जितेको छ ।
जिल्लाको माङसेबुङ गाउँपालिका २ इभाङमा आयोजित सोमबार भएको फाइनलमा आयोजक रेडस्टार क्लब लाई सडेन डेथमा पराजित गर्दै माङमालुङले उपाधि चुमेको हो । पहिलो हाफमा नै माङमालुङले २–० को अग्रता लिएपनि खेल अवधिभर कायम गर्न नसक्दा उपाधिका लागि सडेन डेथसम्म पर्खनुपरेको थियो । माङमालुङले पहिलो हाफको छैठौं मिनेट र २६ औ मिनेटमा राजु बुढाथोकील दुई गोल गरे ।
दोस्रो हाफमा आयोजकले स्पर्धीसँग टक्कर लियो । आयोजकका युवराज राईले ५६ औं मिनेटमा पहिलो गोल गरे । त्यसको २ मिनेट पनि बित्न नपाउँदै आयोजकका विशाल तामाङ ए ले थप गोल गरे । त्यसपछि भएको ट्राइभेकरमा दुवै टिमबाट ४–४ गोल भई बराबरी भएपछि सडेन डेथमा विजेता निर्धारण गरिएको थियो । उपाधिसँगै
माङमालुङले नगद ५० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र र उपविजेताले रेडस्टारले भने २५ हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगिताको उत्कृष्ठ खेलाडी उपविजेता आयोजक रेडस्टारका विशाल तामाङ ए घोषित भए । सर्वाधिक गोलकर्ता सिक्तेम्बा फूटबल क्लबका सोमकुमार राई घोषित भए । खेल अवधि भर ६ गोल गरेका उनले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उत्कृष्ठ गोलरक्षक विजेता माङमालुङका विकास राई घोषित भए ।

गत २७ असोजदेखि संचालित प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न २२ टिमको सहभागिता थियो । रेडस्टार क्लब माङसेबुङ २ को आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगिताको फाइनलको अवसरमा खेल सम्पन्न गर्न योगदान गर्ने नयाँ बुलन्द डटकमसहित विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार माङसेबुङ गाउँपालिकाले प्रायोजन गरेको थियो ।

सम्बन्धित खवर