आगलागी हुँदा करिब १० लाखको क्षति - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

आगलागी हुँदा करिब १० लाखको क्षति

मेचीनगर । झापाको मेचीनगर नगरपालिका–९ मुक्ति टोलमा पाथिभरा फर्निचर उद्योगमा मंगलबार राती आगलागी हुँदा करिब १० लाखको क्षति भएको छ । राती करिब साढे १ बजे बिजुलीको तार सर्ट भइ आगलागी हुँदा १ थान जेनेरेटर, फर्निचरको औजार, पेन्टिङ गर्ने कलर, प्लाईउड, तयारी अवस्थाको दराज, पलङ, सिलिङ काठ, फर्निचर भएको घर जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीको टोली, दमकल र स्थानीयवासीको सहयोगमा आगो राती नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर