मन्त्री ढकालको ४ दिने कार्यक्रम, पथरी शनिश्चरे नगरबाट ५ बुँदे ज्ञापनपत्रको तयारी - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

मन्त्री ढकालको ४ दिने कार्यक्रम, पथरी शनिश्चरे नगरबाट ५ बुँदे ज्ञापनपत्रको तयारी

कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालमार्फत पथरी शनिश्चरे नगरपालिका कार्यालयले बसोवासको समस्या समाधान सहितका ५ बुँदे ज्ञापनपत्र सरकारमा बुझाउने भएको छ । नगर प्रमुख दिलिपकुमार राईको अगुवाईमा आज वसेको वडाध्यक्ष सहितको बैठकले भोली मन्त्री ढकालको नगरमा हुने कार्यक्रममा ज्ञापनपत्र बुझाउने निर्णय भएको हो ।

ज्ञापनपत्रमा, दोहोरो स्वामित्व, अव्यवस्थित बसोबास र सुकुम्वासी सहितको बसोवासको समस्या समाधान, वक्राहा नदीको व्यवस्थित तटवन्ध, वक्राहामा मौलीवारी जोड्ने झोलुङ्गे पुल निर्माण, पथरी डाइनिया सडक कालोपत्रे र नगरमा शीत भण्डारको व्यवस्थापनको माग राखिएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

मन्त्री ढकालले दशैं, तिहार, छैठको शुभकामना आदानप्रदान सहित आफ्नो निर्वाचन क्षेत्रमा ४ दिने कार्यक्रम तय गर्नुभएको छ । नेपाल कम्यूनिष्ट पार्टीका तर्फबाट मोरङ ३ का प्रतिनिधिसभा सदस्य ढकालले आफु मन्त्री भएपछि तेस्रो पटक आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा आज देखि कार्तिक ८ गतेसम्म कार्यक्रममा सहभागि हुुनुहुनेछ । मन्त्री ढकालले आज बेलुका बेलबारीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागि हुने पार्टीका युवा नेता रविन थापाले जनाउनुभयो ।

अन्य कार्यक्रमहरु भनें सवै जनताहरुसंग भेटघाट, शुभकामना आदान प्रदान तथा क्षेत्रका योजनाका बारेमा सुझाव समेत माग्ने विषयमा केन्द्रीत रहेको थापाले उल्लेख गर्नुभयो । उहाँ ६ गते विहानैदेखि दिउँसो १ बजेसम्म पथरीशनिश्चरे, दिउँसो कानेपोखरीमा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि बन्नुहुनेछ । ७ गते बेलबारीका २ वटा कार्यक्रम तथा सुन्दरहरैंचाको विराटचोकमा युवा स्वरोजगार कार्यक्रमका सन्दर्भमा उहाँको सहभागिता रहने छ । ८ गते सुन्दरहरैंचाका विभिन्न कार्यक्रममा सहभागि भई उनी सोही दिन काठमाडौं फर्कने कार्यतालिका रहेको छ ।

सम्बन्धित खवर