निषेधाज्ञा (कफ्र्यु) हटयो - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

निषेधाज्ञा (कफ्र्यु) हटयो

कपिलबस्तु । दशैको अवसरमा दुर्गाभवानीको मूर्ति सेलाउने क्रममा कपिलबस्तुमा विवाद हुँदा लगाइएको निशेधाज्ञा हटाइएको छ । कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले हिजो साँझ लगाएको निषेधाज्ञा (कफ्र्यु) अपराह्न १२ बजेसम्मका लागि हटाइएको छ । स्थानीय युवाबीच झडप भएपछि हिजो साँझ ५ बजेदेखि निषेधाज्ञा लगाइएको थियो ।

आज विहान ८ बजेदेखि १२ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले रातभरको अवस्था सामान्य रहेको र सुरक्षा अवस्थालाई विश्लेषण गर्दै ४ घण्टाका लागि कफ्र्यु हटाइएको जानकारी दिए ।

सो क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ ।

स्थितिलाई सामान्य बनाउन सरोकारवालापक्षहरु सँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

सम्बन्धित खवर