दुई वटा हेलिकप्टर आपसमा ठोकियो - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

दुई वटा हेलिकप्टर आपसमा ठोकियो

सोलुखुम्बु । सोलुखुम्बु, लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलस्थित हेलिप्याडमा दुई वटा हेलिकप्टर आपसमा ठोकिएको छ । सोमबार बिहान ११ बजेर ४० मिनेटमा एयर डाइनेष्टी र माउन्टेन हेलिकप्टर ठोकिएको हो ।

एयर डाइनेष्टीको हेलिकप्टर टेकअप हुने क्रममा हेलिप्याडमा रहेको बीथ्री मोडलको नाइन एनएकेबीको माउन्टेनको हेलिकप्टरसँग ठोकिएको हो । माउन्टेनको हेलिकप्टरको पंखा फुटेर काम नलाग्ने भएको छ ।

हेलिप्याड साँघुरो भएकोले नै टेकअप हुँदा हावाले पंखा घुमेपछि ठोकिएको प्रत्यक्षदर्शीले जनाएका छन् । तर मानवीय क्षति भएको छैन ।

सम्बन्धित खवर