सरकारले राजदुत नियुक्तिको प्रक्रिया बढायो - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

सरकारले राजदुत नियुक्तिको प्रक्रिया बढायो

काठमाण्डौं ।

सरकारले १० कूटनीतिक नियोगमा राजदूत नियुक्ति चाँडै गर्ने भएको छ । प्रक्रिया अघि बढाएको सरकारले लामो समयदेखि रिक्त चार र खाली हुन लागेका ६ कूटनीतिक नियोगमा एकैसाथ नियुक्ति प्रक्रिया सुरु गरिएको छ ।
परराष्ट्र मन्त्रालयले जनाए अनुसार यूएईमा अढाई वर्षअघि धनञ्जय झाको र मलेसियामा गत माघमा निरञ्जनन बस्नेतको पदावधि सकिएको थियो । भारतका लागि तत्कालीन राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधिसभा सदस्य लड्न प्रतिनिधि तथा प्रदेश सभा चुनाब ताका राजीनामा दिएका थिए । राष्ट्रसंघका लागि राजदूत दुर्गाप्रसाद भट्टराईको पदावधि गत साउनमै सकिएको थियो । ‘नियुक्तिका लागि उपयुक्त उम्मेदवारको रोस्टरु तयार पार्दैछौँ, त्यो सकिनासाथ प्रधानमन्त्रीसँग छलफल गरी ‘क्याबिनेट’मा प्रस्ताव लैजान्छौँ’, परराष्ट्रमन्त्री युवराज ज्ञवालीले भने, ‘तिहारअघि नै नियुक्त हाुनेछ । हाल भारत, यूएई, मलेसिया र राष्ट्रसंघका लागि स्थायी नियोगमा राजदूत छैनन्।

सम्बन्धित खवर