एकैपटक तीन कृति विमोचन - Sainokhabar
  • बुधबार, मङि्सर १०, २०७७

एकैपटक तीन कृति विमोचन

विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटगरमा पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरद्वारा आयोजित एक कार्यक्रममा तीनवटा कृतिको विमोचन गरिएको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा कथाकार प्रा।डा। मेदिनीप्रसाद शर्माको ‘पचास रुपैयाँको नोट’ कथासंग्रह, लोचन रिजालको ‘भर्जिनियादेखि मेलवर्नसम्म’ यात्रा संस्मरण र कवि जयप्रसाद पाण्डेको ‘चुनेका कविता र मनका गीत’ कवितासंग्रहको वरिष्ठ समालोचक प्रा।डा। गोपाल भण्डारी, प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीलगायतले विमोचन गरे ।

विमोचित कृतिमाथि समालोचक दधिराज सुवेदी, कविराज न्यौपाने, दिनेश श्रेष्ठ र दिङ्लाली कान्छोले समीक्षा गरेका थिए । प्रतिष्ठानले समय–समयमा कृति विमोचन, कविगोष्ठी र साहित्यिक भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ ।

अग्रज स्रष्टालाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्दै आएको प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले बताए । हालसम्म विभिन्न विधाका ८० वटाभन्दा बढी कृतिहरु प्रतिष्ठानले प्रकाशित गरिसकेको सचिव मीनकुमार नवोदितले जानकारी दिए ।

सम्बन्धित खवर