ब्रा र पेन्टी मात्रै चोर्ने चोर - Sainokhabar
  • बुधबार, मङि्सर १७, २०७७

ब्रा र पेन्टी मात्रै चोर्ने चोर

भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा एउटा रोचक खबर छ । भद्रपुर नगरपालिका–४ मन्त्रीचोकका २५ वर्षिय दिपक राजवंशीलाई प्रहरीले चोरीको आरोपमा पक्राउ गरेको छ ।

Pink bra isolated on white background

राजवंशीले महिलाहरुको ब्रा र पेन्टी चोरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले महिलाहरुको ब्रा र पेन्टी मात्रै चोर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको वडा प्रहरी भद्रपुरका प्रमुख प्रकाश जबेगुले बताए ।
प्रहरीका अनुसार उनले महिलाहरुको भित्री बस्त्र चोरेर सुध्ने गरेको थिए ।

उनले प्रहरीलाई यसरी नै बयान दिएका छन् । भित्री बस्त्रबाहेक अन्य सामान चोरी नगरेकाले उनलाई सचेत गराएर छोडिएको छ । उनले गत बिहीबार साँझ मात्रै चार घरबाट महिलाहरुको ब्रा र पेन्टी चोरेका थिए ।

सम्बन्धित खवर