संघीयता खारेज गर्न माग - Sainokhabar
  • बुधबार, मङि्सर १०, २०७७

संघीयता खारेज गर्न माग

काठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्नुपर्ने बताएका छन् ।संघीयता खारेज नगरे मुलुकमा द्वन्द्व हुने भन्दै उनले देश जोगाउनैकै लागि खारेजी आवश्यक रहेको उनले बताए ।

उनले भने, ‘यदि संघीयता खारेज नगरे मुलुकमा द्वन्द्व हुन्छ, देश असफल हुन्छ ।’

आज काठमाडौंमा आयोजित कार्यक्रममा केसीले प्रदेश नं २ ले संघीयताको नाममा एक मधेस एक प्रदेश बनाउने खतरा रहेको बताए ।

उनले प्रदेश नं २ ले केन्द्रीय सरकारको नीति भन्दा बाहिर गएर आफूखुसी नियम कानून बनाउन थालेको भन्दै आपत्ति जनाए ।
संघीयताको नाममा जथाभावी कर असुलेर जनतालाई दुःख दिने काम गरिएको केसीको भनाइ छ ।

मुलुक संघीयतामा गएपछि पनि मन्त्री बनेका केसीले आफूले २०६४ सालदेखि नै संघीयतामा जान नहुने तर्क गर्दै आएको स्मरण गरे ।

सम्बन्धित खवर