पथरीमा आगलागी - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

पथरीमा आगलागी

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका १० नयाँ मंगलबारे मा मंगलबार राति आगलागी भएको छ ।
भानिसा किराना पसलमा आगलागि भएको स्थानीय धुर्व श्रेष्ठले जानकारी दिए । आगलागीबाट किराना पसलको ५ लाख बढिको क्षति भएको छ । स्थानीय शान्ता राईले भरखर सुरु गर्नुभएको किराना पसलमा नगद ३० हजार २० हजार रुपैयाँको रिचार्ज समेत जलेको छ । पैनिको पानी हालेर स्थानिय ले आगो निभाएका थिए ।


वडा नं १० मितेरी मार्ग आदर्शटोलमा रहेको टीका गुरुङको घरमा डेरा गरि भानिषा किराना पसल संचालन गर्दै आएकी शान्ता राईलाई राहत स्वरुप पथरी उद्योग बाणिज्य संघले नगद रू १५ हजार सहयोग गरेको छ।
प्रदेश सदस्य माननीय कृष्ण राईका हातबाट बाणिज्य संघका अध्यक्ष दिपक बस्नेत, बरिस्ठ उपाध्यक्ष बिजय डाँगी, उपाध्यक्ष यादव दुलाल र सचिव दिनेस पौडेलले सो रकम पीडित शान्ता राईलाई हस्तान्तरण गरेका हुन। पीडित शान्ता राईले थप आवश्यक सहयोग को लागि सहयोगी हातहरुलाई सहयोगको लागि अपिल गरेकी छिन् ।

सम्बन्धित खवर