माङ्सेबुङमा मुन्धुमी कविता - Sainokhabar
  • बुधबार, मङि्सर १०, २०७७

माङ्सेबुङमा मुन्धुमी कविता

माङसेबुङ । इलामको पश्चिमी गाउँपालिका माङ्सेबुङ्मा मुन्धुमी साहित्यिक कुनाको आयोजनामा मुन्धुमी कविता बाचन कार्यक्रम शुक्रबार भएको छ । कबिहरु बिराट किराँती, साङ्सेन वरक, आन्छुमे नसान एउटै मंचमा उभिए ।
कहिले बल्छी, कहिले टांगो बोकेर डुल्छ, कहिले बछ्यु कहिले खागो बोकेर डुल्छ, राउटे र चेपाङहरु जस्तै यो भुमिमा आखामा आगो आगो आगो बोकेर डुल्छ । रुवाइहरुमा सामाजिक, साँस्कृतिक, राजनीतिबाट किनाराकृत पारिएका सीमान्तकृत तथा लोपोन्मुख दमितहरुको बुलन्द आवाज समेटिएको रुवाइ सुनाए ।

मन्द मुस्कान छोड्दै मुसुक्कै हासे। धेरै जसो उनलाइ समकालिनहरुले जितेन पन्धाक मुस्कान भनेर पनि चिन्छन।उनै फरक आयामका अभियान्ता कवि साङ्सेन वरकले मुन्धुमी मिथकमा आधारित मुन्धुमी माया शिर्षक कबिता सुनाए । मुजिङना जुन दिन तिमिले रुखको पत्ताहरु पहिरिएर मारुङ तेम्बेको आगन हुँदै मनको बार्दली सम्म छुइ ख्याप ख्याप गर्दै तिले क्याटवाक गर्यौ सायद त्यही दिन देखि थेबाको मनमा फक्रेको हुनु पर्छ अम्लारि फुङ ।

त्यसपछि क्रमशः मेरो बोजुको तन्नेरी बिनायो प्राचीन कम्राङको दाबी आदि मुन्धुमी मिथकमा आधारित कबिताहरु सुनाए।मुन्धुममा मुजिङ्ना खेयङ्ना लाई पहिलो स्त्रीको रुपमा समेत लिएको पाइन्छ।राज्यले सामाजिक, साँस्कृतिक र राजनीतिक तथा भाषिक रुपमा पछि पारिएका सिमान्तकृत पिछडिएका जाती समुदाय दमितहरुको बुलन्द आवाज समेटिएको कविताहरु मुन्धुमी मिथकमा कबिता साहित्य कला,र संगीतमा समर्पित पहिलो श्रृङ्खला कार्यक्रममा सुनिएका हुन् ।

अर्का कवि तथा गितकार आन्छुमे नसानले केही भाषिक रुवाइ तथा कबिताहरु सुरुवातमा बाचन गरे। पनुनुमा तरेमा मिक्चाकिल्ले पान सातुङिल्ले च्याक सेक्ताङ सातुङ्गिल्ले आरे हाउ यङ्मा स्याङआङ पिचाकपिन्दाङ आरे हाउ खम्मे पोखाङ खुलिबिन्दाङ पिचाक पिन्दाङ हेकेसाङ आसिक मिजिम्नेनआङ पनुनुमा तरेमा याम्मो साते साते लराङ ।

उनले भाषिक कबिता चापेती कुम्मा र अर्को शिर्षक बिनाको कबिता सुनाए।कतै तालीहरुको गडगडाह्ट कतै दर्शक स्रोताहरु लाई मन्त्रमुग्ध बनाए।मुन्धुमी साहित्यिक कुनाले आयोजना गरेको सो कार्यक्रमको आकर्षक कबिको रुपमा करिब दुई दशक पछि उभिएका थिए कवि बिराट किराँती । उनले पहिलो कबिता यलम्बरको आगमन बाट सुरुवात गरे ।

तमोर नाघेर गड्तिरै गडतिर हाम फाल्दै म यलम्बर आइपुगे आइपुगे आइपुगे निधारमा टलक्क छ मेरो आस्था छतिमा छ धमिलो मेरो बिश्वास म स्वतन्त्र छु म मुक्त छु हेर यी दुई आखाहरु खोजिरहेछन सिस्नुको बोटमाथी राखेको अर्को इतिहास म आइपुगे आइपुगे आइपुगे । त्यसपछि अर्को कबिता क्रमशः मुर्कुटाहरु, बिवशता हेत्छाकुप्पा र यात्रा, अन्तिममा दिवंगत आमालाइ मञ्च बाटै सम्झे कवि बिराट किरातिले तस्बिरमा मेरि आमा नामक कबिता सुनाएर। आज एकाएक पुरानो एल्बमहरु पल्टाए हेरे अनि मन भरिको तिर्खा मेटाए तस्बिरमा मेरि आमा मुस्कुराइरहनु भाथ्यो सम्झे त्यो दिनहरु जहाँ आफ्नो पैतालाहरु हजारौं काडा बिच राख्दै हुर्काएको समय पल पल मर्दै बाच्दै म र म जस्तै भाइ बहिनिहरुको लागि भनेर पोल्टा भरी खुसिहरु पोको पारेर राखी दिनु भएको थियो भबिस्यहरु ।

कबिता वाचन गरिरहदा उपस्थित दर्शक स्रोताहरुको आखाको दुई किनाराहरुमा आशु टिलपिल टिलपिल देखिए कोहि ढोका बाट बाहिर बिस्के आखिर सबैलाइ रुवाए।कार्यक्रममा स्थानिय कबिहरु लिलिम तुम्बापो, निङ्वा लाओती, सुमन आङ्देम्बे,सन्जित फलना,चुक्सा याप्मी समेतले कबिता वाचन गरेका थिए।लिङ्देन आत्मानन्द सेइङ क्याम्पसका प्रमुख होम लिङ्देनले यस्ता कार्यक्रमहरुको आयोजनाले गुमनाम पारिएका र मुन्धुम भित्रका मिथकहरु लाई उजागर गरेर कबिताको माध्यमबाट उभ्याउने कोशिश गरिरहेका कबिहरुको समेत प्रशंसा गरे।किरात चोत्लुङ अङ्सी माङ्गेन्ना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङले पछि पारिएका जातिहरुको वा सीमान्तकृतहरुको आवाज कबिता मार्फत बोल्नु पर्छ भन्दै आफ्नो भनाइ राखे।सुनिल सेर्माले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य चुक्सा याप्मिले राखेका थिए । सुमन लाओतिको सभादक्ष्यमा कार्यक्रम सप्पन्न भएको थियो ।

सम्बन्धित खवर