अस्विकार्य - Sainokhabar
  • बुधबार, मङि्सर १७, २०७७

अस्विकार्य

कुकुर कविता

विबस बेनाम


मान्यवर
म मान्नेवाला छैन तिम्रो बडादशैं ।
र हिर्काउने छैन गजोले
तिम्ले सुम्पेको बडा नगरा ।

म उडाउने छैन
आकाशमा खुसीका बडा चङ्गाहरु।
पड्काउने छैन
बम, पटकाहरु।

म काट्ने छैन मौलोमा
स्वाभिमानको टाउको
बगाउनु छैन सन्ततिको होलि ।
म अधिनस्थ पनि छैन
नतमस्तक पनि छैन।

मान्यवर
हो
तिम्रो बडा टाउको उठाएर
चङ्गा उड्ने मेरो आकासमा हेर
राम्लिहाङको आत्मा उडिरहेको छ।
नपत्याए आउ हेर
नगरा कुट्ने मेरो औलाहरु
च्याब्रुङको बिटमा
नारिएर नाचिरहेका छन
च्याब्रङ च्याब्रङ, च्याब्रुङ

मान्यवर
अझ हेर्नुस
आगे सुब्बा मेरो बाजेले रोपेको
मौलोमा
केराको बोट र तितेपाती रोपेको छु।
जमरा उमार्ने आडमारीमा
भुइको दुबी उमारेको छु
अब उमार्नेछु बडा(बडा चेतनाका जमराहरु।

मान्यवर
नपत्याए तिम्रो अस्विकार दस्तावेज
मेरो घरमा लिएर आउ र हेर
मेरो घरको भित्तामा आफ्नै रगतको
पञ्जे छाप हानेर
तिम्लाई भरुवा बन्दुक सँग
पर्खेर बसेको छु।

सम्बन्धित खवर