दशैको शुभकामना है साथी - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

दशैको शुभकामना है साथी

यासेली योङहाङ


दशैको शुभकामना है साथी

ओ साथी
अनगिन्ती पशुपञ्छीको
रगतमा लत्पतिदै
मासुको पिस पिस बनेर
दैलोमै दशै आइ पुगेको छ
तिमिलाइ
दशैको अनेकौ शुभकामना है ।

दशै (१८३१)
उता
पुर्वमा
जङ्गी निसान सङगै
लिम्बू सुब्बा राइ ९थरी, मुखिया०हरुको
अस्तित्व माथि
रक्तपात मच्चाउदै
बडो उल्लासका साथ
राम्लिहाङ र रिदामाको सुकेको रगतमा
कालो
अनि घुर्मैलो
भएर शुरु भइ सकेको छ ।
दशैको शुभकामना तिमीलाई १

दशै १६१६०
उता पश्चिमतिर तेस्तै
राजा खडका मगरको
बलि सङ्गै सुरु भइ सकेको छ
अझै कैयौ मगरहरु
यस्पाली पनि बलि चढ्नेछन ।
साथी उमङ्ग साथ हामी दशै मनाउ है
दशैको शुभकामना तिमिलाइ ।

दशै १८२६
गुरुङ बस्तीमा
हरेक घरको दैलो दैलोमा
रक्त रञ्जित हत्केलाको छाप सङ्गै
उन्मत्त भएर दशै नाची रहेको छ ।
यता
नेवार बस्तिमा त
नाक कानको थुप्रो लागेकै दिन देखि
सिधै गोर्खाबाट
हरेक बर्ष
औपनिवेसिक सङ्गीन
फुलपाती आउदैछ
अहा
कति रमाइलो हगि
हर्षोउल्लासका साथ
धुमधाम मनाउनेछन नेवारहरुले ।
साथी तिमीलाई दशैको शुभकामना है ।

माथि
सुनकोशीको तिरै तिर भएर
तिमाल बेशीको बिचैबाट
रिन्जेन दोर्जेको षडयन्त्रपूर्वक हत्यासङ्गै
सबैको काल बनेर तामाङ बस्तीमा
भित्री सकेको छ दशै

छिमेकी रास्ट्रबाट
अतिवादी, दानवीय
अनि षोसकीय
हिन्दु सास्म्राज्य फैलाउदै
हर्षोउल्लासका साथ
अतिक्रमित हाम्रो यो देशको
चारै तिर दशै आउदैछ ।
हो साथी
अतिवादी हिन्दुहरुले
जवर्जस्त लादेको
हिन्दु बिरासद हामीले थाम्नै पर्छ है ।
हिन्दुहरुको महान चाडको अवशरमा
शुभकामना तिमीलाई ।
शुभकामना तिम्रो सन्तानलाई ।
शुभकामना दासत्व स्वीकार्ने तिम्रो महान मन लाई ।

आमाको दशैं
याम लिम्बु
सधै सधै तास खेल्दा
बाबालाइ हप्काउने
पुलिस अंकल
बाबासँगै
तास खेल्दैछ

साथीसँग खेल्दा
मलाइ कराउने
गाली गर्ने मेरी आमा
आफ्नै भान्सा कोठामा
कैद छिन
किचन ओटि चल्दैछ उनको
मलाइ खेल्ने छुट छ

आज बाबालाइ
पुलिसको साथ छ
अनि मलाइ
आमाको साथ छ
किनकि
आज दशैं आको छ

यतिमात्र होेइन
यहाँ
बोकाको काल
राँगाको काल
गोरुको काल
हाँसको काल
खुकुराको काल
अचम्मको काल आको छ
सायद पंचक पर्यो कि ?

यी पशुको कालसँगै
मासु चिउरा
आना सुकि
रक्सी तोङबा
फालाफाल भाको छ

बाबा सम्झिदा
आफैलाइ सम्झिदा
मलाइ लाग्छ
दशै आइरहोस्
तर
आमाको किचन ओटि
आमाको कैद सम्झिँदा
यस्तो लाग्छ
दशैं कहिले नआओस्
दशैं भन्नु
पशुको काल मात्र होइन
आमाको बेहाल रैछ ।

सम्बन्धित खवर